आज मलाई समाज भनी
एउटा लेख लेख्न मन लाग्यो।
परिवर्तन गरौ भन्ने सन्देश
दिन मन लाग्यो।
वीर गोर्खालीको विरता
चिनाउन मन लाग्यो।
पुर्खाहरुले सङ्गालेको राष्ट्र
चुड्न नदिउ भन्न मन लाग्यो।
आफ्ना कर्तव्य के हो भनी
मनन् गरौ भन्न मन लाग्यो।
साथी,भाई, दिदी-बहिनीहरुलाई
सचेत गराउन मन लाग्यो।
मान्छे मान्छे किन दुश्मन भए
चिन्तन गराउन मन लाग्यो।
धामी झाक्री झारफुक,
देउता पनि भाक्यो।
अन्धविस्वास त्यागिदेउ
भन्न मन लाग्यो।
वातावरणमा संकट के कारणले आयो
गल्तिहरु चिनाउन मन लाग्यो।
सबैले मिलेर हल गरौ भनी
सिकाउन मन लाग्यो।
ज्ञान बढाऔ विवेक बढाऔ
हातेमालो गर्दै- गर्दै,
आफ्नो ठाउँ आफै बनाऔ
स्वार्थीपना त्यागिहालौ
भन्न मन लाग्यो।
यस देशका सन्ततिका पसिना
येही बगेको देख्न मन लाग्यो।
– by Rupesh Acharya
You must be logged in to post a comment.